• २०८१ माघ २ बुधबार

महाकविको सम्झनामा अछाममा स्मृति काव्य उत्सव

अछाम ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आज (शुक्रबार) अछाममा देवकोटा स्मृति काव्य उत्सव सम्पन्न भएको छ । देवकोटाहरूको उद्गम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ मा उत्सव सम्पन्न भएको हो ।

देवकोटा बन्धु समाजको आयोजनामा उत्सवमा साहित्यिक, सांस्कृतिक, देउडा अनि देउसीभैलो कार्यक्रम गरिएको थियो । देशभर छरिएर रहेका देवकोटा बन्धुहरूलाई आफ्नो इतिहासबारे जानकारी दिन उत्सव आयोजना गरिएको समाजका अध्यक्ष नवराज देवकोटाले बताए ।

देवकोटाको इतिहास हराउँदै गएको अवस्थामा महाकविका पुर्खा ढकारीबाट बसाइँ सरेका तथा त्यसबारे देशवासीलाई जानकारी दिन तथा उक्त स्थललाई चिनाउन गाउँपालिकाले महाकवि देवकोटाको सालिक स्थापना गर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले घोषणा गरे ।जुनकिरीको संगीत’को ‘रजत–वर्ष संस्करण’ बजारमा साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको संगीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ। पर्वतको दलित बस्तीको यथार्थ चित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक संघर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सले ‘रजत–वर्ष संस्करण’का रूपमा बजारमा ल्याएको हो ।

दोस्रो संस्करणलाई उपन्यासकार संग्रौलाले ‘गोडमेल संस्करण’को संज्ञा दिएका छन्। ‘उपन्यासको मूल विषय र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवं संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ,’ संग्रौलाले उपन्यासबारे भने, ‘पहिलो संस्करणमा यसले फराकिलो हदसम्म पाठक र समीक्षकको परखको परीक्षामा बस्न पाएन। दोस्रो संस्करण बजारमा आएपछि यसको पाठकीय परखको परीक्षा हुने मेरो विश्वास छ ।’ २०५६ सालमा पहिलो संस्करण प्रकाशित भएपछि ‘जुनकिरीको संगीत’ आमपाठकवृत्तमा बहुचर्चित भए पनि कम्युनिस्ट वृत्तमा विवादित उपन्यासका रूपमा समेत प्रचारित भएको थियो। तत्कालीन नेकपा (माओवादी)को शीर्ष नेतृत्वले उपन्यास र उपन्यासकार दुवैको सैद्धान्तिक आलोचना गरेको थियो। यसबारे संग्रौला भन्छन्, ‘माक्र्सवाद सन्देह, प्रश्न र वादविवादका माध्यमले हरेक कुराको सत्यताको परीक्षण गर्ने दर्शन हो । र, आफ्नै चिन्तन र व्यवहारको नित्य सजग आलोचक भई विकसित भएको दर्शन हो यो। तर, म माक्र्सवादी हुँ भन्ने माओवादी नेतृत्वको चिन्तन र व्यवहारको जब छिसिक्क आलोचना भयो, आलोचकको मुख थुन्न सर्वत्र कडिकडाउ फर्मान जारी गरियो। र, ‘जुनकिरीको संगीत’लाई पाठकीय परखको परीक्षामा बस्नै नदिई हैकमी कोर्राले चुटेर असफल र हानिकारक घोषित गरियो ।’

पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ। परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको सम्पादक संगीतले बताए। ‘कथाले मात्रै होइन, भाषिक हिसाबले पनि यो उपन्यासले एउटा विशिष्ट आञ्चलिक स्वाद दिनेछ,’ सम्पादक संगीतले भने, ‘आमपाठकले यस विशालकाय उपन्यासमा नौलो भाषिक स्वाद पाउनेछन् भने पर्वत–बागलुङका रैथाने पाठकले आफ्नो बोलीचालीको मौलिकता भेट्नेछन्।’

नयाँ संस्करण संग्रौलाका चयनित रचनावलीको पहिलो शृंखलाका रूपमा प्रकाशित गरेको बेला पब्लिकेसन्सका अध्यक्ष वन्दना ढकालले बताइन्। बेलाले संग्रौलाका सम्पूर्ण रचनाहरू चयन तथा सम्पादन–संयोजन गरेर तीन खण्ड र १५ ठेलीमा ‘संग्रौला समग्र’ प्रकाशन गर्ने भएको छ। ‘संग्रौला समग्र’ शृंखलाका तीन खण्डमध्ये पहिलोमा आख्यान (उपन्यास र कथा), दोस्रोमा निबन्ध तथा संस्मरण र तेस्रोमा विविध रचनाहरू रहनेछन्। समग्रको निबन्ध खण्डअन्तर्गत ‘आफू आफैँतिर फर्केर’ पुस्तक यसअघि नै प्रकाशित भइसकेको छ ।

उत्सवमा कवि पहल असिम, कमलराज केसी, मनोज विवश, नेत्रप्रसाद उपाध्यायले लक्ष्मीप्रसादको सम्झनामा कविता सुनाएका थिए भने गजलकार जीवन सरोवर, लक्ष्मण सङ्गम, खेम बगर, जनक अधिकारीलगायत गजलकारले गजल तथा रचना सुनाए । देउडा गायक राजाराम भाटले देउडा गीतमार्फत महाकविको स्मरण गरे ।