• २०८२ आश्विन ७, मंगलवार

जिउँदो शहीद

राजेश ढुंगाना

राजेश ढुंगाना

अब जन्मने सपुत
मुटुमै देशको भूगोल बोकेर
जन्मनु पर्छ
उसले
अर्काको लागि मरेर
तथाकथित
शहीद हुने होइन
जिउँदैमा गरेर जम्मै
देशका लागि
जिउँदैमा शहीद हुनु पर्दछ

मरेर त
हजारौं शहीद भए
तर
यी जिउँदाहरूले
त्यसलाई
आत्महत्यामा परिणत गराए
त्यसैले अब जन्मने सपुत
अर्काका लागि होइन
आफ्नै लागि
जिउँदो शहीद हुनु पर्दछ
हो
अब शहीदको परिभाषा
नयाँ बन्नु पर्दछ ।


राजेश ढुंगाना