• २०८१ श्रावाण ११ शुक्रबार

राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

काठमाडौँ

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापनाको १२ वर्ष पूरा गरेको अवसरमा ‘राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७८’ घोषणा गरेको छ । बालुवाटारस्थित प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पुरस्कृत र सम्मानित हुने संगीत र नाट्य क्षेत्रका ६ जनाको नाम सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका अनुसार संगीत विधामा मोहनकृष्ण कार्की ढली, नृत्यमा विणा जोशी राजभण्डारी, नाटकमा मनबहादुर मुखिया, लोकसंगीतमा अमर विरही गुरुङ, रंगमञ्चमा ऋद्धिचरण श्रेष्ठ र शास्त्रीय तथा परम्परागत संगीत विधामा जलतरंगवादक मोहनप्रसाद जोशीलाई पुरस्कारका लागि मनोनयन गरिएको जानकारी कार्यक्रममा दिइयो ।

प्रतिष्ठानका उपकुलपति हरिहर शर्माको अध्यक्षतामा गठित पुरस्कार संयोजन समितिबाट सिफारिस भएकाहरूलाई सार्वजनिक गरिएको सदस्य सचिव श्यामप्रकाश तमोटले बताए ।