तपाईं यस भाषाको पहिलो कवि हुनुहुन्छ
तपाईं पहिलो स्वतन्त्रता सेनानी
तपाईं यस क्षेत्रको पहिलो दास हुनुहुन्छ
तपाईं पहिलो ग्य्राजुएट, तपाईं पहिलो दलाल
पृथ्वीको पहिलो आवाजको सायदवादभन्दा
बढी हास्यास्पद छन् माथिका हरफहरू
किनभने हामी यो सबको यति बीचमा छौँ
कि हामीलाई थाहा छ
कुनै पनि कुराको सुरुवातका बारेमा
हामीलाई केही पनि थाहा छैन
जस्तो कि यो कुहिएको प्याज
जो भर्खरै कुल्चिएको छ हाम्रो हवाईचप्पलले
हामीलाई थाहा छैन यसको सुरुवात- प्याजको
कुहिनुको
चप्पलको
हिँड्नुको
यो प्रश्न इतिहासको होइन, न कि पुरातत्त्वको
कार्बन-परीक्षणको दसमलवाङ्कित तथ्याङ्कभन्दा फरक
यो झुटो भाषाको पहिलो शब्द हो सायद
सुरवात एउटा मोहक शब्द हो तर अर्थहीन
यसको आलङ्कारिक महत्त्व ढल्किएको छ- झुटोतिर
अनुवाद: राजेन्द्र शलभ
महेश वर्मा
[email protected]