• २०८१ भाद्र २५ मङ्गलबार

अब लेख्दिन प्रेम कथा

कुञ्ज देबी उपाध्याय

कुञ्ज देबी उपाध्याय

अब लेख्दिन
कसको कोसँग लभ छ,
लेख्दिन
बुहारीले सासूलाई माया गर्छे कि गर्दिन्
खाना पकाएर
एक्लै खाएर अफिस गएको कुरा,
समय घुम्दै फिर्दै
फर्केर आउँछ जान्दछु !

जवान बुढ़ो हुन्छ
बालख तन्नेरी हुन्छ
बुहारी सासू  हुन्छिन्
हाथ पाउ बसेकि सासूलाई घृणा गर्छिन्
अघि उनीलाइ खाना नदिएको सम्झेर
हेला गर्छिन्

त्यहीँ क्रम दोहोरिन्दै चलिरहन्छ
मायाको डोरी चुड़ीन्दै छोटो हुनेगर्छ

छोरी आधुनिक सभ्यतामा डुबेर
माईती घरमा नानी पाउँछे
बच्चा डस्टबिनमा फ्याकि सरिफ बन्छे
ममताको गला घोटिन्छ
तै पनि प्रेम स्वर्गीय भनिन्छ

बुहारीको हत्या हुन्छ
अर्काकी स्वस्नीमा नजर लगाउँदै
घरमा झगड़ा मचिन्छ
कतै हत्या कतै आत्महत्याको खबर छापिन्छ
त्यस्तै प्रेमलाई लिएर कविता लेखिन्छ

लेख्दिन अब
घृणाले भरिएको सन्सारमा
चारै तिर कोलाहल देख्छु
बिपत्तिको फायदा उठाएको देख्छु
वाक्क भएँ अब
लेख्दिन् प्रेमको कविता
कसम खाएकी छु ।


कुञ्ज देबी उपाध्याय (शिवसागर असम, भारत)
[email protected]