• २०८१ चैत ३ सोमबार

बद्रीप्रसाद ढकालको ‘संस्कृतिमा के छ ?’ पुस्तक प्रकाशित

काठमाडौं ।

साहित्यकार बद्रीप्रसाद ढकालको नयाँ पुस्तक ‘संस्कृतिमा के छ ?’ प्रकाशनमा आएको छ । संस्कृतिका विभिन्न आयामहरूमाथि तयार यस पुस्तकमा संस्कृति, संस्कार, यसको निर्माण, सांस्कृतिक परम्परा लगायतका अनगिन्ती प्रसंगहरू प्रस्तुत गरिएको लेखक ढकालले बताएका छन् ।
पुस्तक अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।