सिर्जना र योगदान पुरस्कृत - Aksharang
  • २०७९ असार १६ बिहीबार

सिर्जना र योगदान पुरस्कृत

काठमाडौँ / १३ फागुन

चर्चित आख्यानकार/निबन्धकार नयनराज पाण्डेको कृति ‘जियारा’ ‘कर्णाली साहित्य समाज कृति पुरस्कार- २०७७’ बाट पुरस्कृत हुनेभएको छ । कर्णाली साहित्य समाजले २०७७ साल भरि प्रकाशित कृतिहरूमध्ये पाण्डेको ‘जियारा’ लाई उत्कृष्ट ठानेको हो । ‘जियारा’ तराई/मधेश समाजमा विद्यमान पारम्परिक कुप्रथा, रूढिवादी संस्कार र अन्धविश्वास तथा यसका कारण आमनागरिकले भोग्न बाध्य कथा- व्यथाको पृष्ठभूमिमा बुनिएको कृति हो ।

समाजका संस्थापक- संरक्षक आख्यानकार महेशविक्रम शाहले ‘अक्षरङ्ग’ लाई जानकारी गराउँदै भने- ‘यस समाजले कर्णालीको इतिहास- संस्कृतिलाई अभिलेखन गर्न अथक योगदान पुर्याए वापत प्रा. डा. राजाराम सुवेदीलाई ‘कर्णाली साहित्य समाज साधनासम्मान’ र नृत्यनिर्देशक कुलमान नेपालीलाई ‘कर्णाली साहित्यसमाज प्रतिभा पुरस्कार’ पनि प्रदान गरिँदै छ ।’