• २०८१ माघ ९ बुधबार

काव्य-चित्रले रच्यो नयाँ इतिहास

हिजो मिति २०८१ कात्तिक ९ गते शुक्रबार एपेक नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काव्यचित्र सिर्जनाशिविर आयोजना गरेको खबर छ ।
उक्त शिविरमा राष्ट्रका १५ चर्चित कविका कविताहरू On The Spot सिर्जना गरिएका थिए र ती कवितालाई १५ चर्चित चित्रकारहरूले क्यानभासमा दिनभरि लगाएर चित्र सिर्जना गरेका थिए।
जसअनुसार ➽
➤ कवि विधान आचार्यको कलाकार सौरगंगा दर्शनधारी,
➤ कवि रजनी ढकालको कलाकार किरण मानन्धर,
➤ कवि मणि लोहनीको कलाकार रमेशनाथ खनाल,
➤ कवि ओम रिजालको कलाकार के के कर्माचार्य,
➤ कवि प्रज्ज्वल अधिकारीको कलाकार केशवराज खनाल ,
➤ कवि गीता कार्कीको कलाकार देवेन्द्रकुमार काफ्ले थुम्केली,
➤ कवि सुमन थापा सङ्गमको कलाकार राधेश्याम मुल्मी,
➤ कवि मोमिला जोशीको कलाकार सन्जय बान्तवा,
➤ कवि राजेन्द्र शलभको कलाकार अरुणा हिङ्माङ,
➤ कवि बाबु त्रिपाठीको कलाकार नरेन्द्रबहादुर श्रेष्ठ,
➤ कवि किशोर पहाडीको कलाकार दीपेन्द्रमान बनेपाली,
➤ कवि विश्वबिमोहन श्रेष्ठको कलाकार दिनेश्वर महतो,
➤ कवि स्नेह सायमीको कलाकार सन्तोष राई,
➤ कवि दीप दर्पणको कलाकार सुन्दर लामा र
➤ कवि अनिता लामाको कलाकार विपना महर्जनले सुन्दर कलाचित्र बनाएका थिए ।

शिविरबाट सिर्जित कविताहरू एउटा कार्यक्रमको आयोजना गरी वाचन गरिएका थिए भने चित्रहरू नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको ‘अरनिको प्रदर्शन कक्षमा प्रदर्शनमा राखिएका थिए ।
कविहरूले कविता वाचन गरेर उक्त कविताको प्रतिलिपि आ-आफ्ना कलाकारहरूलाई उपहार प्रदान गरेका थिए भने कार्यक्रमका संयोजक राजेन्द्र शलभले कलाकृतिहरू नाफा हलमै तिहारसम्म प्रदर्शन गरी राखिने कुराको जानकारी दिलाएका थिए ।
शिविर पश्चात् आयोजना गरिएको कविता गोष्ठीमा सम्बन्धित चित्रकलाहरू पर्दामा प्रदर्शन गरिएका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सन्जय बान्तवाले स्वागत गर्नु भएको कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले धन्यवादज्ञापन गर्नु भएको थियो, जसमा #काव्यचित्र_सिर्जना_शिविर कार्यक्रम तीन महिनाको अथक प्रयासपछि आयोजना गर्न सकिएको प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन एपेक नेपालका बाबु त्रिपाठीले गर्नु भएको थियो ।
यो कार्यक्रम नबिल बैंकको सौजन्यमा सम्पन्न भएको थियो । कला क्षेत्रका सर्जकहरूले बैंकले साहित्य र कलालाई प्रोत्साहित गरेको कार्यको मुग्ध-कण्ठले प्रसंसा गरेका छन् ।