• २०८२ कार्तिक १८, मंगलवार

देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिने

मकवानपुर,

महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिने भएको छ । साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कार मकवानपुरे साहित्यकार पोखरेललाई प्रदान गरिने भएको हो ।

संगम मकवानपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै १० हजार राशिको सम्मान पोख्रेललाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान र्पुयाउने स्रष्टालाई हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्दै आएको जानकारी गराउँदै संगमले उक्त सम्मान यही कात्तिक १५ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा प्रदान गरिने जनाएको  छ ।

हेटौँडा–४ निवासी पोख्रेल मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हुन् । उनको नाटक कृति ‘आकांक्षाको चिता’ (२०६०), कविता संग्रह ‘रित्तिएको गाउँ’(२०७०) र नाटक कृति ‘ऐनाभित्रको आकाश’ (२०७९) प्रकाशित छन् ।