• २०८१ श्रावाण १ मङ्गलबार

इतिहासकार ज्ञानमणी नेपाललाइ यस बर्षको ‘’लीलाध्वज थापा‘’ पुरस्कार

काठमाण्डौ ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा यस वर्ष प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार इतिहासविद तथा साहित्यकार श्री ज्ञानमणि नेपाललाई प्रदान गरिने निर्णय प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापा द्वारा जानकारी गराइएको छ ।

भोजपुर जिल्लाको सिक्तेल, बितलपमा बि. सं.१९८९ सालमा जन्मिएका श्री नेपालले नेपालको इतिहास संस्कृति,भाषा साहित्य र संस्कृति वाङ्मयमा विशिष्टता प्राप्त गर्नुका साथै अनेकौ ऐतिहासिक तथ्यहरुमा आधारित अनुसन्धनात्मक कृति प्रकाशन गर्नुकासाथै विभिन्न सङ्घसंस्थामा आवद्द भई नेपाली भाषा साहित्यको र इतिहासको क्षेत्रको श्री वृद्धिमा यथेष्ट योगदान पुर्याएकोले कदर स्वरूप सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय जानकारी गराइएको छ ।

उक्त सम्मान तथा पुरस्कार यही २०८० आषाढ २२ गते एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी गराइएको छ । प्रतिष्ठानबाट हरेक बर्ष प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान पुरस्कार यसभन्दा पहिले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. डातारानाथ शर्मा ,वरिष्ठ कवि तुलसी दिवस र प्रा. गोपीकृष्ण शर्मालाई प्रदान गरिएको समेत अध्यक्ष थापा द्वारा जानकारी गराइएको छ ।


उमेर

गजल

तिमीले देख्यौ ?