समाचार

काठमाडौंँ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा चितवन शिखरबासु स्मृति बिम्बु पुस्तकको लोकार्पण गरिएको छ । निरुपा प्रसुनको उक्त स्मृतिग्रन्थको लोकार्पण वरिष्ठ आख्यानकार डा. ध्रुबचन्द्र गौतम, वरिष्ठ कवि तथा समालोचक प्रा. डा. शैलेंदुप्रकाश नेपाल, कवि तथा समीक्षक हरि अधिकारी तथा लेखकले सार्वजनिक गरेका थिए । पुस्तक प्रसुनका पिताको स्मृतिमा रहेको छ ।
कार्यक्रममा डा. गौतमले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बंगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अथिति डा. गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहने समेत बताए । पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहररू प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उनले जनाएका छन् ।
लोकार्पित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्रा. डा. शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताए । कवि तथा समीक्षक हरि अधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताए । विमोचन गरिएको चितवन शिखरबास स्मृतिबिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गरेकी हुन । चितवन शिखरबासकी उहाँ कान्छी सुपुत्री हुनु । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको संगम भेटिने बताए ।
कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मंरणहरु सुनाएकी थिइन । चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र स्मंरणहरु समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उनका कथा कविताका एक दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।