साहित्य सर्जक पार्वती घिमिरे पौडेलको “काटौँ दाउरा घाँस” गीतको म्युजिक भिडियो यही भाद्र ३० गते सार्वजनिक भएको छ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका २ कविलास निवासी पार्वती घिमिरे पौडेलले स्थानिय मठ मन्दिर र पर्यटकीय स्थानहरूको वर्णन गर्दै तयार पारेको लोकगीतमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीले स्वर दिनु भएको भने डा. के. पि. पौडेल, रितु बस्नेत, पार्वती घिमिरे पौडेल लगायत स्थानिय वासिन्दा तथा केही साहित्यकारहरूको समेत अभिनय रहेको छ ।
उक्त भिडियो गीतकार स्वयंको यु ट्युब च्यानल “पार्वती घिमिरे पौडेल” बाट सार्वजनिक गरिएको हो । सर्जक पौडेलले स्थानिय परिवेशलाई शब्द मार्फत हुवहु चित्रण गर्ने प्रयास गर्नुको साथै सुन्दर गाउँ कविसामा नै छायाङ्कन गरिएको यो लोकगीतले नुवाकोट कविलासको परिचय उजागर गर्नुको साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने बताउनु भएको छ । साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने पौडेलले यही गीत मार्फत सङ्गीत क्षेत्रमा डेब्यू गर्नु भएको हो ।