कविता

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्विरोध निर्वाचित भएका छन्। समाजको सम्पन्न अठारौं साधारण सभा तथा दशौं अधिवेशनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति, कवि वैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले रोदनको नेतृत्वमा २ वर्षको निम्ति उपाध्यक्ष डा. षडानन्द कंडेल, महासचिव देविका तिमिल्सिना, कोषाध्यक्ष तारा सुवेदी, सचिव प्रकाश घायल र सदस्यहरूमा मधु पाठक, माधव विडारी, रञ्जना निरौला, डा. शान्तिमाया गिरी निर्विरोध निर्वाचित भए ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने उक्त सभा एवं अधिवेशनको पानसमा द्धिप प्रज्ज्वलित गरी वैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा धेरै काम गरेको भन्दै समाजले विदेशमा साहित्यिक र संस्कृतिको सम्बन्ध मजबुद बनाउन लागिपरेकोमा खुशी व्यक्त गरे।