English Poem
बलत्कारी व्यभिचारी झनै फस्टाईसके
सदाचारी भन्नेहरु पनि अस्ताईसके
समयले कोल्टो फेर्यो छेपाराले रङ्ग
सदाचारी उठ् बस् गर्छ दुराचारी सँग
विर्षिसक्यो नीति नियम सिद्धान्तका कुरा
ध्यानमा मग्न ऋषि पनि तान्छन् अचेल सुरा
सिद्धान्त नि हुनथाल्यो पानाभित्रै सिमित्
राजनीति दर्शनशाष्त्र छानाभित्रै सिमित्
मन्थराले झोसी आगो जलिसक्यो आशा
कतिञ्जेल पल्टने हो शकुनिको पाशा
(सुवेदी चर्चित साहित्यकार हुन् ।)
[email protected]