लघु कथा
![](https://aksharang.com/wp-content/uploads/2022/05/25-MAY-WEDNESDAY_Artboard-54-copy-22.jpg)
बन्दी हुनु अरूबाट
सार्थकताका लागि बन्दी हुनु
र आफूबाट बन्दी हुनु
दुई भिन्दाभिन्दै कोणबाट हेरेपछि
नजरहरू सबै बन्द गरिदेऊ
म कोलाहल कानले सुन्न सक्छु
नजरबन्दमा पनि अन्तर्दृष्टिहरू खुलेकै हुन्छन्
चिन्तनहरू सब तिखारिन्छन्- नजरबन्दमा
प्राप्तिका उत्सर्गहरू छन्
उत्सर्गको प्राप्ति अझ सुखद छन्
बाँच्नु आफ्ना लागि मात्र केबाँच्नु ?
बाँच्नु अरूका निम्ति जीवन महत् हुन्छ ।
तिमीभित्र पनि एउटा मान्छेहुनुपर्छ
मान्छेको मन कहिले पो बन्दी हुन्छ ?
नजरबन्दमा नजरहरू बन्द होलान्
मनका झ्याल–ढोकाहरू अझ खुल्दछन्
मेरो आकाशको क्षितिजमा टाँसिएर
मेरो मन सिरहाको भूमिको फाँट- फाँट हेरिरहेछ
म सब थोक सुनिरहेछु-
तिम्रा कुकृत्यको कथा- मानिसको आर्तनाद र व्यथा
परिश्रम र कामले काला भएका सजीव मूर्तिहरूलाई
यन्त्रवत् चलाउन सकिन्छ- यस्तो भ्रम नहोस् तिमीलाई
परिश्रमका पुजारीहरूमा पनि चेतनाका किरणहरू प्रभासित भइरहेछन्
मैले तिनका लागि पूर्वबाट
एक टुक्रा सूर्य बोकेर ल्याएको थिएँ
सायद, त्यसैले तिमीले मलाई बन्दी बनायौ।
भवानी घिमिरे