• २०८२ असार २३ सोमबार

गणेशबाबु अधिकारीको उपन्यास ‘रेजा’ सार्वजनिक

काठमाडौँ ।

गजलकारका रूपमा परिचित गणेशबाबु अधिकारीको उपन्यास ‘रेजा’ सार्वजनिक गरिएको छ । राष्ट्रिय नाचघर, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कृति लोकार्पण गरेका थिए । उक्त अवसरमा लोकार्पित कृतिमाथि वक्ताद्वय महेश पौडेल र सुमन घिमिरे वर्षाले समीक्षा गरेका थिए ।

आदर्श प्रेमलाई मूल विषयवस्तु बनाएर लेखिएको उपन्यासले गोरखा क्षेत्रको आञ्चलिकतालाई प्रस्तुत गरेको वक्ताहरूले बताए । उपन्यासमा केही आफ्ना जीवन भोगाइ र केही आम मानिसका कथा बुनेर उपन्यास तयार गरेको उपन्यासकार अधिकारीले जनाए । कृतिमाथि आफ्नो धारणा राख्दै लेखक छवि वैरागी घिमिरेले बजारमा नयाँ उपन्यास आएका जनाए । पूर्वप्रधानमन्त्री भट्टराईले कृति र लेखकलाई बधाई तथा शुभकामना दिएका थिए ।

पुस्तक लोकार्पण कार्यक्रमपछि ‘मधुवन गजल साँझ’ कार्यक्रम गरिएको थियो । बाबु त्रिपाठीले सहजीकरण गरेको गजल साँझमा गजलकारह अन्जान यात्री, विमला विकिरण, राज भट्टराई र विपीन मर्मले पाँच पाँच गजल वाचन गरेका थिए ।