• २०८१ श्रावाण १२ शनिवार

मेरो बा नै मेरी आमा

मीरा काफ्ले

मीरा काफ्ले

फेरि आयो पिता औंशी
म नआइदिए हुन्थ्यो भन्छु
तर आउँछ, आइरहन्छ
फेरि मेरा नानीलाई उदास पार्छ
आमा हामी कसलाई ह्याप्पी फादर्स डे भन्ने ?
मलाई भनन
अनि मदर्स डे मा चैं ?
मलाई भनन
हुन्न क्या !
त्यसो भए बडा काकाहरूलाइ भन
नानीहरू उफ्रँदै काका बडाको तिर लागे
भनेर आए तर
तेति खुलेनन उज्यालिएनन्
अब त अलिक ठूलाभए नानीहरू
मेरो दुःख सङ्ग परिचित हुनथाले

मनमा के के खेलाउन थाले कुराहरू
मलाई भन्न थाले
आमा मेरो साथीको बाबा हुनुहुन्थ्यो
उसको आमाले बिहा गर्नुभो
अहिले ऊ कति दामी राम्रो
कुराहरू पो ल्याउछ त स्कुलमा
म ए हो ! भन्छु
अर्को दिन फेरि
आमा मेरो साथी प्रविणको आमाले पनि
बिहा गर्नु भो नि नयाँ बाबाले
कति धेरै माया गर्नु पो हुन्छ त
म खिसिक्क हाँसि दिन्छु
अब बालिग हुनलागे नानीहरू

साँधको कुरामा घरमा नै
आएर तथानाम बोल्दै
हप्काए बडाले आमालाई
गिद्दे दृष्टि राख्दै हेपे
काकाले आमालाई
अनि अस्ति ह्याप्पी
फादर्स डे भनेकोमा
आत्मग्लानी भएको छ
आज नानीहरू लाई
आज कहिँ जाँदैनन
नानीहरू फादर्स डे भन्दै
टाँसिएको साइनो
स्वार्थी साइनो रहेछ भन्ने बुझ्दै
अब त नानीहरू कमाउने भएका छन्
घर छोडेर बाहिर गएका छन्
फेरि आयो पिता औंशी
पिता औशीको शुभकामना
आमा भनेका छन्
पिता औशीको शुभकामना
आमा भनेका छन्


मीरा काफ्ले, झापा
[email protected]