समाचार

काठमाडौंँ, ।
निबन्धकार कुमारी लामाको निबन्धसंग्रह ‘दज्र्यु संलाप’ सार्वजनिक गरिएको छ । प्रा. डा. अरुण गुप्तो, डा. विन्दु शर्मा, कवि फूलमान बल, प्रकाशक पुष्पराज पौडेल र लेखक लामाले पुस्तक सार्वजनिक गरेका थिए । पुस्तक लोकार्पण कार्यक्रममा अरुण गुप्तोले आफू लाई किताबले धेरै विषयमा ज्ञान दिएको र किताबमा भएका विषयले आपफूलाई अत्यन्त प्रभावित पारेको बताए । उनले स्थानीय परिवेश र चित्रणले उक्त स्थानमा नै पुगेर अवलोकन गर्न मन लागेको बताए ।
डा. विन्दु शर्माले निबन्धमा भूइँमान्छे र नारीका विषयमा गहन विषय उठान भएको बताइन् । निबन्धमा आख्यानीकरण पनि रहेको सबै पाठकका लागि उपयोगी हुने बताइन् । फूलमान बलले निबन्धमा ठूला मान्छे र ठूलो विषय नभए पनि राम्रो र स्तरीय रहेको र जात र वर्णमा लोप हुन लागेको जातको विषयमा लेखेर महत्वपूर्ण योगदान दिएको बताए । लेखक कुमारी लामाले आफूले निबन्धमा सक्दो प्रयास गरेको र सृजनात्मक सुझाव आफ्ना लागि सदैव स्वीकार्य हुने बताइन् ।