छ
साह्रै
अ टे री
मेरो भान्से
दिँदैन खान
भोकाएको बेला
पराया जस्तै ठान्छ
दिँदैन मीठो मसिनो
चल्दछ उसैको हैकम
कन्जुस्याइँ गर्छ धेरै माग्दा
अड्कलेर दिन्छ जे दिन्छ
नामको मालिक हुँ म
खटन उहीँ गर्छ
जीवन हुँ भन्छ
उही हो मेरो
अनुशास्ता
जे दिन्छ
खान्छु
म ।
मिलन बोहोरा