कविता

खोली तर्दा साथ दिने हात हजुरको
बरु मलाई लागेहुन्थ्यो बात हजुरको
कोल्टे फेर्दै बित्छन् मेरा चारै प्रहर
कस्तो हुन्छ अँधेरी त्यो रात हजुरको
पाइन्छ कहाँ प्रीत मीठो भन्नै सकिन्न
कति राम्रो मायालु जात हजुरको
एक्लो हुँदा प्यारो साथी मदिरा नै भन्छन्
अहो, कस्तो अचम्म मात हजुरको