Uncategorized

काठमाडौं, २०८० ।
अभिनवको २६२ औं शृङ्खलामा बद्रीनाथ९ अभिनव छन्दोबद्ध कविता पुरस्कार तथा सम्मानपत्र अर्पण कार्यक्रम सम्पन्न भएको छ ।
शारदा पराजुलीको सञ्चालन, विमल अर्यालको अध्यक्षता तथा काजी रोशनको प्रमुख आतिथ्यमा सम्पन्न यो कार्यक्रममा उद्धव रायमाझीबाट डिल्लीराज अर्यालको सम्मानपत्र वाचन गरेपछि छन्दकवि डिल्लीराज अर्याललाई सम्मानपत्र, दोसल्ला र नगद रू १० हजार समेत संस्थापक परिवारका रघुनाथ आचार्य,अध्यक्ष विमल अर्याल र प्रमुख आमन्त्रित काजी रोशनबाट संयुक्त रूपमा अर्पण गरिएको थियो ।
पुरस्कारका संस्थापक र प्राप्तकर्ताका बारेमा प्रकाश पार्दै संस्थाका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले आफ्नो शालीन भनाइ राख्तै पुरस्कार रकम बढ्दै गएको बताउनुभयो । चामुण्डा मा. वि. का प्र. अ. गुणराज आचार्य आचार्यले संस्थापक परिवारका तर्फबाट मन्तव्य दिनुभएको थियो ।
पुरस्कृत व्यक्तित्व डिल्लीराज अर्यालले आफ्नो आभार मन्तव्यका साथै अनुष्टुप् छन्दमा रचित कवितावाचन गर्नुभयो ।