• २०७९ चैत ७ मङ्गलबार

‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित

नेपाल प्रज्ञा- प्रतिष्ठानद्वारा ‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (आख्यान) विभागको अनुसन्धान परियोजना अन्तर्गत उक्त पुस्तक साहित्यकार कुमारी लामाले तयार पार्नु भएको हो ।

पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा तेस्रो लिङ्गी परिचय र सैद्धान्तिक अवधारणा, दोस्रो खण्डमा समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतनाको विश्लेषण र खण्ड तीनमा सारांश तथा निष्कर्ष रहेको छ ।

महत्वपूर्ण अनुसन्धानात्मक कृति अत्यन्त मेहेनतका साथ निबन्ध शिल्पी तथा समालोचक कुमारी लामालाई तयार पार्नुभएको हो । यस कृतिले तेस्रो लिङ्गी कथाका बारेका धेरै कुराहरुको जानकारी दिन्छ । यो पुस्तक तेस्रो लिङ्गी कथा विषयमा अधययन अनुसन्धान गर्न चाहनेहरुका लागि अत्यन्तै उपयोगी रहेको छ ।