• २०८१ कातिर्क २४ शनिवार

चालिसेको ‘चित्र केले बुझाऊँ ?’ र अर्यालको‘आवरण’ दुई कवितासङ्ग्रह सार्वजनिक

अभिनव साहित्य समाजले २७१ औं शृङ्खलामा भैरव अर्याल र वासुदेव लुइँटेलद्वयको स्मृति दिवस र कविद्वय अच्युतप्रसाद चालिसेको ‘चित्र केले बुझाऊँ?’ र विमल अर्यालको ‘आवरण’ कवितासङ्ग्रहको लोकार्पण गरेको छ । साहित्यकार परशुराम पराजुली पराशरको अध्यक्षता र हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्य रस साहित्यका महारथि वासुदेव लुइँटेल र भैरव अर्यालको स्मृति दिवस मनाइएको छ ।

त्यस्तै कार्यक्रममा अच्युतप्रसाद चालिसेको ‘चित्र् केले बुझाऊँ ?’ र विमल अर्यालको ‘आवरण’ कवितासङ्ग्रहको लोकार्पण गरिएको छ । टिप्पणीकार विजय चालिसे र बाजुराम पौडेलले कवि चालिसेको ‘चित्र केले बुझाऊँ ?’ कवितासङ्ग्रहको टिप्पणी गरेका थिए भने रमेश खनाल र प्रमुख अतिथि हेमनाथ पौडेलले अर्यालको ‘आवरण’ कवितासङ्ग्रहको टिप्पणी गरेका थिए ।

कार्यक्रममा सांसद् तथा अर्थ समितिका सभापति सन्तोष चालिसे र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, लेखकद्वय र शीतल गिरीले आआफ्ना धारणा राखेका थिए । साहित्यकार मेनका आचार्यले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले हास्यव्यङ्ग्यकारद्वयप्रति श्रध्दा सुमन अर्पण, लोकार्पित कृतिको प्रकाशकीय चर्चा र उपस्थित सबैप्रति धन्यवाद ज्ञापन प्रस्तुत गरेका थिए ।

साहित्यकार शारदा खनाल पराजुलीले सञ्चालन गरेको कार्यक्रममा सीताराम पोखरेल, भेषराज सापकोटा, सीताराम ढुङ्गगेल, भारद्वाज मित्र, रत्न उप्रेती, शान्ति रिसाल, राजेशमान केसी, भावना न्योपाने, सरिता दुलाल, महेश्वर खनाल, निर्मलरमण पराजुली, घनश्याम प्रसाई, गायत्रीकुमार चापागाई, मधुसूदन घिमिरे, एनवी जनकपुरी, रामबहादुर पाहाडी, हरि पथिक, खोलाघरे, नानीबाबा अधिकारी, ललिता दोषी, सुशील आचार्य आदिले रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वसन्त रिजाल, मुकुन्द अर्याल, बद्री अर्याल, शर्मिला तिमल्सिना उद्धव रायमाझी, कुमार सुवेदी, निर्मल अर्याल, कोमल लामिछाने, भक्त क्षेत्री, नानीकाजी, रघुनाथ आचार्य लगायत धेरैको उपस्थिति रहेको थियो ।