• २०८२ भाद्र २७, शुक्रबार

सूर्यनाथ उपाध्यायको अन्तर्राष्ट्रिय जलप्रवाह कानुन नेपाल–भारत सहकार्यको दृष्टिकोण पुस्तक सार्वजनिक

काठमाडौँ ।

राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन स् नेपाल-भारत सहकार्यको दृष्टिकोण’ पुस्तक सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्दैनेपाल-भारतबीचमा केही समस्याहरू रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएको बताए ।

‘भारत लामो संस्कृति सम्बन्ध भएको छिमेकी मित्र हो । हामीले खुलारखुलस्त रूपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन,’ ओलीले भने, ‘सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन ।’ भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर देशका प्रमुखलाई विरोध गर्ने संस्कृति नेपाली संस्कृति नभएको टिप्पणी गरे । संविधानविद् डा. विपिन अधिकारीले नेपालको जलसम्पदाको सही उपयोग गर्ने गरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिए ।