• २०८१ मंसिर १७ सोमबार

‘ढुङ्गो’

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

ढुङ्गोलाई स्थिर र सरल नसम्झ
ढुङ्गो सँधै स्थिर र सरल हुँदैन
गहिरिएर हेरे
ढुङ्गा ढुङ्गामा आगो हुन्छ
ढुङ्गाले क्रान्तिलाई सहयोग गरेको हुन्छ
मौका परे ढुङ्गा बर्सिन्छन्
ढुङ्गाको पहाड हुन्छ,चट्टान हुन्छ र
चट्टानी अडान हुन्छ

‘ढुङ्गो’
सभ्यतासंग जोडिएको छ
ढुङ्गेयुगमा ढुङ्गाको ओढारमा बस्थे
ढुङ्गामा पकाउथे ढुङ्गामै खान्थे
ओछ्यान, चुलो, चौका सिलौटो बनाउथे
बनाउँछनपनि
प्रकृतिको पुजागर्नेले ढुङ्गामा देवता भेट्टाए
ढुङ्गो खोज्दा देउता मिल्यो पुजा गरे
मन्दिरमा सजाए
अबोल शिलादुःख, ददर्, पीडा सुन्ने
आस्थाविश्वासको धरोहर भयो
हिरण्यगर्भ थियो र पुजनीय भयो
मुर्तिकारले सुन्दर आकृती दिई मुर्ति बनाए
कुशल शिल्पकारले घर बनाए
मन्दिर, घर, कलकारखाना, बिद्यालय, बने
अनि शहर बन्यो
ढुङ्गो ढुङ्गो रहेन शहर बन्यो
सभ्यता बन्यो
मुर्ति बन्यो
देउता बन्यो

पहाड चट्टानमा दबिएर बस्दैन ढुङ्गो
परिवर्तनको छलाङ मार्छ
खानीको खनिज तत्व भई
बहुमुल्य रत्न बन्छ ढुङ्गो
कठोर पनि छ
चट्टानी अडानमा रहन्छ तर
फुटे पछि
दिल टुटै पत्थर फुटै हुन जान्छ
ठुला नदिको बहाव रोकेको हुन्छ
बहाव परिवर्तन गरेको हुन्छ
दुईकिनारा जोड्छ पनि
निर्मम हुन्छ भन्छन् तर होइन रैछ
भीमेश्वरको शिला रोएको पनि देखिन्छ
ढुङ्गा सत्य हो । सत्यताको प्रतीक हो
सत्य, सनातन भएकाले पुजनीय छ
समय परिस्थितिले
समथर मैदान बगर पनि बन्छ
उक्साए ढुङ्गामुडा पनि बौलाउँछ
गहिरिएर हर्याँै भने
सभ्यता पाइन्छ ढुङ्गामा
संस्कृति पाइन्छ
पहिचानपाईन्छ
मानवाकृती पाइन्छ,मानव पाइन्छ
ढुङ्गो बोले ऊ पनिबोल्छ


कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा
[email protected]