• २०८१ बैशाख १९ बुधबार

पोखरेलको ‘धरतीको इन्द्रेणी’ लोकार्पण

नेपाल बार एशोसिशनमा आयोजित एक कार्यक्रममा विद्यार्थी नेता विमल पोखरेल ‘धरतीको इन्द्रेणी’ लोकार्पण गरिएको छ । लेखक तथा अधिवक्ता पोखरेलको ‘धरतीको इन्द्रेणी’ नियात्रासंग्रह हो ।

अनेरास्ववियु छैटौँका पूर्व अध्यक्षसमेत रहेका पोखरेलले पुस्तकमा आफ्नो राजनीतिक यात्राको क्रममा देखेका र भोगेका विषयवस्तुलाई समेटेका छन् ।
पुस्तकमा नेपालका पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्म र भारतका केही स्थानका भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक र ऐतिहासिक विषयलाई समेटिएको पोखरेलले बताए ।

पुस्तकमा २३ वटा निबन्ध तथा नियात्रा समावेश छन् । पोखरेलको यो पाँचौँ पुस्तक हो। उनका यसअघि शिक्षाको राजनीतिक स्वरूप, ज्ञानको पाइला, नेपालको पूर्वीय दर्शनको शासन र नेपालको विद्यार्थी आन्दोलनः अखिल छैटौँको इतिहास प्रकाशित छन् ।

पुस्तक सार्वजनिक समारोहमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल, प्रज्ञा सदस्य डा. कौशिला रिसाल तथा पत्रकार अरुण बरालले पुस्तकबारे टिप्पणी गरेका  थिए ।


हाम्रो माया

नभने पनि

मौन दशैं

एक स्त्री