समाचार
![](https://aksharang.com/wp-content/uploads/2023/10/08-OCTOBER-2023-02.jpg)
काठमाडौँ ।
नेपाल सरकारका पूर्वसचिव खेमराज रेग्मीले हालै एक पुस्तक प्रकाशित गरेका छन्- जोधाहा राष्ट्रसेवक । आफ्नो प्रशासनिक कार्यकालमा भएका व्यक्तिगत र सार्वजनिक कामका अनुभूति र तथ्यहरू समेटेर निकालिएको पुस्तकमा शासकीय संरचनामा अनेक कमजोरीहरूका चित्र पनि उतारिएको छ ।
हालै भारत र नेपालमा २५ वर्षअघिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको इन्डियन एयरलाइन्स को विमान अपहरणबारे बनेको क्राइम थ्रिलर सिरिज ‘आईसी ८१४-द कान्दाहार हाइज्याक’ भने निकै चर्चामा आएको छ ।
पूर्वसचिव रेग्मीले हालै सार्वजनिक भएको पुस्तकमा उक्त विमान अपहरणको प्रसंग र छानबिन समितिको सदस्यको रुपमा उनले खेलेको भूमिकाबारे पनि उल्लेख गरेका छन् ।