• २०८१ बैशाख ६ बिहीबार

ओरहान वेली का तीन कविता

ओरहान वेली

ओरहान वेली

मातृभूमिका लागि

के पो गरेनौ हामीले
यो मातृभूमिका लागि
कसैले दियो आफ्नो ज्यान
कसैले दियो भाषण ।

झ्याल

झ्याल,
झ्यालहरू नै हुन्छन्
सबैभन्दा राम्रा ।
कम-से-कम
यसबाट हेर्न त सकिन्छ
चराहरू उड्दै गरेको ।

बिछोड

जाँदै गरेको जहाजलाई हेरिरहन्छु
समुद्रमा हाम्फाल्न सक्तिन
साह्रै सुन्दर छ यो संसार ।
ममाथि लेप लागेको छ
लोग्नेमान्छे हुनुको
र रून पनि सक्तिन म ।

अनुवादः राजेन्द्र शलभ