• २०८१ फागुन १ बिहीबार

शान्ता शाक्यको लाय्लामाया क्वय् लघुकथासङ्ग्रह लोकार्पण

तानसेन गुठीद्वारा आयोजित एक कार्यक्रममा स्रष्टा शान्ता शाक्यको लघुकथासङ्ग्रह लाय्लामाया क्वय् लोकार्पण गरिएको छ । गुठीको बत्तीसौं साधारणसभाका अवसरमा आयोजित सो समारोहमा नेपालभाषाका वरिष्ठ साहित्यकार फणिन्द्ररत्न बज्राचार्य, प्रमुख अतिथि देवनाथ गोंगल र गुठीका अध्यक्ष प्रमी श्रेष्ठले सामूहिक रुपमा पुस्तक सार्वजनिक गर्नु भएको थियो ।

सो अवसरमा वरिष्ठ साहित्यकार बज्राचार्यले स्रष्टा शाक्यका लघुकथामा सामाजिक जीवनका पक्षहरू राम्ररी आएका छन् भन्नुभयो । प्रमुख अतिथि गोंगल र गुठीका अध्यक्ष श्रेष्ठले स्रष्टा शाक्यको लेखन अझ खारिंदै जाओस् भनेर शुभकामना दिनुभयो ।

कृतिका स्रष्टा शाक्यले आफूले नेपालभाषामा पहिलो पटक प्रयास गरेको बताउँदै सामाजिक जीवनका विभिन्न सन्दर्भहरूलाई नै लघुकथाको विषय बनाएको उल्लेख गर्नुभयो । सिर्जना अभियान समाजद्वारा प्रकाशित सो कृतिमा समसामयिक विषयमा लेखिएका ५० वटा लघुकथा छन् ।