English Poem
पोखरा ।
मुक्तककार हरिकृष्ण सिटौलाको पहिलो मुक्तक संग्रह ‘जिन्दगीका पाइला’ सार्वजनिक गरिएको छ । काठमाडौँ मा आयोजित एक कार्यक्रममा संघीय सांसद सीता मिजार, पत्रकार ऋषि धमला, डा. काशीराज पाण्डे, विष्णुप्रसाद आचार्य, नेपाली कांग्रेस नेता वासुदेव तिमिल्सिनाद्वारा संयुक लोकार्पण गरिएको थियो ।
कार्यक्रममा सांसद मिजारले मुक्तक संग्रहबाट धेरै कुरा ग्रहण गर्न सकिने बताइन् । उनले मुक्तले राजनीतिको वेथितिमाथि पनि प्रहार गरेकोले राजनीतिलाई सही दिशामा अघि बढाउन यसले सघाउने दावी गरिन् ।कृतिको समीक्षा गर्दै आग्रह साहित्यकार डा. नवीनबन्धु पहाडीले समाजलाई ऐना जस्तै बनाउन हरिकष्णको मुक्तक संग्रहले सहयोग पुग्ने दावी गरे ।
हरिकृष्णका रचनामार्फत् समाजमा सकारात्मक परवर्तन ल्याउन सहज हुने उनको विश्वास छ । अग्रज साहित्यकार, सञ्चारकर्मी एवं लेखक डा. नवराज लम्सालले साहित्यले जीवन र समाज बदल्न सहयोग पुग्ने बताए । श्रष्टा हरिकृष्णले जीवन भोगाई र देशको समग्र परिस्थितिलाई आफूले एकाकार गरेको बताए । कार्यक्रम श्रष्टा हरिकृष्णकी आमा रामकुमारी सिटौलाको अध्यक्षतामा भएको थियो । श्रष्टा हरिकृष्ण धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको कठेरी निवासी हुन् । लामो समय प्राध्यापन पेशामा सक्रिय उनी पछिल्लो समय जापानमा रहँदै आएका छन् ।
