• २०८१ माघ ५ शनिवार

मरासिनीको ‘घैँटीको मूल्य’ कथासङ्ग्रह सार्वजनिक

पोखरा ।

साहित्यकार नारायण मरासिनीको सातौँ कृति ‘घैँटीको मूल्य’ कथा सङ्ग्रह मङ्गलवार पोखरामा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख डा.कृष्णराज अधिकारीले कृतिको लोकार्पण गर्दै प्रगतिवादी साहित्यिक क्षेत्रमा अध्ययन संस्कृतिमा कमी आएको टिप्पणी गरे । उनले सङ्ख्यात्मक रूपमा धेरै कृतिहरू प्रकाशन भए पनि गुणात्मक दृष्टिबाट कमजोर कृतिले हल्ला मच्चाउने गरेको धारणा राखे । नारायण मरासिनीले हल्लाभन्दा बाहिर रहेर असल साहित्य सिर्जनामा आफूलाई समर्पण गर्दै आएको भन्दै ‘घैँटीको मूल्य’ ले प्रगतिवादी साहित्यिक क्षेत्रमा विशेष महत्त्व राख्ने डा। अधिकारीको भनाइ थियो ।