• २०८१ कातिर्क २४ शनिवार

खुसामद

शेषमणि आचार्य

शेषमणि आचार्य


को हूँ
थाहा छ !
शक्ति शाली
म जादुगर !!
कुरा चपाउँछु
चिउरा भिजाउँछु
ठिक्क पार्छु, दङ्ग पार्छु,
हात नि मोल्छु, साक्खै हुन्छु,
आकाश हाँक्छु, पाताल छोप्छु
दुरुस्त छु, दाहिने हात ,
हात जोड्छु,खुट्टा मोल्छु
आँखा त तिरमिर
लीला जादुगर
मेरो साथमा
खुसा मद
नाम हो
मेरो
त्यो ।


शेषमणि आचार्य
नेपाल