कविता

प्रमुख अतिथि कसलाई बनाउनेरुू प्राचार्य दमनकुमार गोस्वामीको प्रस्ताव । एउटा बैठक, आवाशीय विद्यालयका प्राचार्यहरूको, एउटा विशेष शैक्षिक पुरस्कार दिनु थियो जिल्ला टपर विद्यार्थीलाई । यस्तो मान्छे खोजौं जसलाई देख्दा हाम्रो मनले पनि आनन्द अनुभूत गरोस् र चार जना नीरक्षीर विवेकी सामाजिक व्यक्तित्वहरूले पनि भित्र मनैबाट वाह ! भनून् । प्राचार्य टेकराज जय नेपाल । सबैको ध्यान प्राचार्य मृगेन्द्रराज शारदाभक्त तिर गयो । अहिलेसम्म मौन बसेका अरूभन्दा अलि अलग पात्र, बोले, हम्म, साथीहरू, कुनै यस्तो पात्र खोज्ने जो आजसम्म बेदाग होस्- अवतारवादी मण्डले भए पनि हाम्रा उहिलेका अयोध्यापति महाविद्यालयमूली पवित्र हुन् । उनी अहिले काबूलमा । पहेँलो तोरी भए पनि चल्थ्यो । कुनै माइकालाल छैनन् चोखो । के गर्ने ? ए ए, एक जना हुनुहुन्छ । अपवादनाथ नभोमणि ल, हामी जाने अनुरोध गर्न । सर्वसम्मति ।
अभिवादन कमरेड ! सूर्यनगर पुगे टोली । ओहो, यति प्रेममय आगमन ! नमन, अभिवादन ! आज त यस्तो खुसीलाग्यो कि कमरेड, म शब्दविहीन भएँ । एउटा गन्जी र लुङ्गीको भरमा बसेका, हातमा एउटा सिर्जना, दर्शनशास्त्र लिएका, इमानका पहाड, कमरेडको हुलिया देखेर शारददाभक्तको मनमा कुरा खेल्यो यी यति पवित्र, असल मान्छे, असल कम्युनिस्ट, जनताको सक्कली नायक, अरू त छी स् छी स् छी स् सैतानहरू !आउनुको प्रयोजन बताइयो । आहा, कति सुन्दर कार्य ! तर ।।।।। ! फेरि उही तर, किन्तु, परन्तु, लेकिन, विदुर, महाभारत र पितामह आउने भयो । होइन कमरेड केही असजिलो ? उनै मृगेन्द्र ।
होइन, त्यस्तो केही होइन, सर्ट पाइन्ट धोएर सुकाएको, भर्खर, सुकेको छैन, यत्ति हो आम्मै, देशको एक प्रमुख दलको प्रमुख नेताको दाहिने हात, अनि यो सादगी ? सम्झनामा आएसम्म मृगेन्द्रले यति सरल र सज्जन पात्र देखेको थिएन, निर्मल लामा बाहेक । हामी हजुरको कपडा सुकुन्जेल कुर्ने, कसो साथी हो ? मृगेन्द्र । यति पवित्र हात अर्को पाइन्न । सबैको मनमा कुरा खेल्यो । कुरे प्राचार्यहरूले । कार्य सम्पन्न भयो । यस्ता मान्छेहरू पनि हुन्छन्- अझै छन् । मनमनै सलाम गरे प्राचार्य सादगीपसन्द शारदाभक्तले । विना खादा, माला कार्यक्रम ३६ मिनेटमा सम्पन्न भयो । सबै प्राचार्यहरूको अनुहार उज्यालो भयो । पवित्र हात, मान्छे चिन्न सिपालु हाम्रो शेर खान इस्पात !दमनको मनमा कुरा खेल्यो । मृगेन्द्रलाई शेर खान इस्पात उपनाम दिएको एक जोगीले हो । प्रेमनगरको जोगी पनि एउटा यूनिक पात्र, सज्जनहरूको नजरमा। कार्यक्रमपछि, टोली कुमरोज सामुदायिक वनतिर लाग्यो ।
धनराज गिरी