• २०८१ मंसिर २९ शनिवार

मंसिर १४, काठमाडौं ।

नेपाली साहित्यमा सांढे चार दशकदेखि निरन्तर साहित्य सिर्जना तथा साहित्यिक गतिविधिमा सकृय साहित्यकार गोविन्दगिरी प्रेरणा रूक्मणीराज स्रष्टा सम्मानबाट पहिलो पटक सम्मानित भएका छन् । आज काठमाडौंमा आयोजित विशेष समारोहका विच सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिस टोप वहादुर सिंहले उहांलाई सम्मान गर्नु भएको थियो । दिवंगत समाजसेवी रूक्मणिराज सिवाकोटीका नाममा यसै बर्षदेखि सो सम्मान प्रदानगर्न थालिएको हो । यो सम्मान पाउने उहां पहिलो साहित्यकार हुनुहुन्छ ।

विगत अढाई दशकदेखि नेपाली समाजका विभिन्न व्यक्तित्वहरूले आफ्नो क्षेत्रमा पुर्याएको विशेष योगदानको कदर स्वरूप जीवनकालमै तथा मरणोपरान्त विशेष अंक र ग्रन्थहरू प्रकाशन गर्दै आइरहेको ज्ञानगुन प्रकाशनले नेपाली पत्रकारिता क्षेत्रका अग्रणी पत्रकार धु्रवहरि अधिकारीलाई समेत पत्रकारिता सम्मान प्रदान गरिएको थियो । यसै अवसरमा सम्मानित प्रतिभाहरू अधिकारी र प्रेरणाको ज्ञानगुनका कुराका विशेष अंकहरू समेत विमोचन गरिएको थियो । समारोहमा ज्ञानगुनका कुराको कमल दीक्षित स्मृति अंक, न्यायमूर्ति जोन मार्सल स्मृति अंक, ज्ञानमणि नेपाल अंंक, विश्वनाथ उपाध्याय स्मृति अंक, टोप बहादुर सिंह अंक, समाजसेवी रूक्मणिराज सिवाकोटी स्मृतिपुष्प लगायत अरू १० पुस्तकहरूको समेत विमोचन गरिएको थियो ।

सो समारोहमा सम्मानित पत्रकार ध्रुवहरि अधिकारीका बारेमा शरतचन्द वस्तीले वोल्नु भएको थियो भने सम्मानित साहित्यकार गोविन्दगिरी प्रेरणाको बारेमा रमेश शुभेच्छु तथाप्रमोद प्रधानले बोल्नु भएको थियो । साथै सम्मानित प्रतिभाहरूले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो । समारोहको अध्यक्षता विद्वान प्राध्यापक डा. माधवप्रसाद पोखरेलले गर्नु भएको थियो । कार्यक्रमको शुरूमा ज्ञानगुनका कुराका प्रधानसम्पादक शेषराज सिवाकोटीले स्वागत मन्तव्य प्रस्तुत गर्दै सम्मानको विषयमा चर्चा गर्नुभएको थियो ।