• २०८१ माघ १० बिहीबार

आकर्षक छुटसहित प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ४१ओैँ प्राज्ञसभाको सन्दर्भमा रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियो । पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ । प्रदर्शनीको मुख्य लक्ष्य भनेको प्रज्ञाका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउने रहेको छ ।

“सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा–प्रतिष्ठान“भन्ने उद्घोषका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानका महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । हिमाल, पहाड, मधेस– तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनी स्थलमा राखिएका छन् ।

प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०% छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० %को छुट दिइएको छ । यही असार २३ गतेबाट सुरु भएको पुस्तक प्रदर्शनी साउन ५ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुनः प्रकाशन भएका अमरकोश,नेपाली साहित्यकोश,कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नो उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशिको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ’पेरी पोइएतिकेस’ आदिका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।