• २०८१ पौष २९ सोमबार

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा कविता महोत्सव–२०८१ का लागि कविता आह्वान

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता माग गरेको सूचना आजको गोरखापत्रमा प्रकाशित गरेको छ । प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता माग गरिएको हो । कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषा/मातृभाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ । मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्नेछ ।

सूचना अनुसार कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव-२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन । साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्याङ्कनमा समावेश गरिने छैन । कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट १० कवितालाई असार ९ गते आयोजना हुने प्रतिष्ठानको ६७औं वार्षिकोत्सवमा ३० हजार रुपियाँसहित कदरपत्र प्रदान गरिने बताइएको छ । कविता [email protected] मा जेठ २२ गतेसम्म पठाउन सकिनेछ ।