• २०८१ चैत ६ बिहीबार

ग्रीष्मकालिन कवि गोष्ठी सम्पन्न

काठमाडौं ।

बूढानीलकन्ठ नगरपालिकाको वडा ३ मा आयोजित ग्रीष्मकालिन कवि गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा रामबहादुर पहाडीको गजल वाचनसहित ग्रीष्मकालिन कवि गोष्ठी सम्पन्न भएको हो । नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा वडा नं ३ का वडा सदस्य विकास तामाङ्ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा स्थानिय वरिष्ट कविहरू नरप्रसाद धिताल, रघुनाथ पन्डित, वियोगी बुढाथोकी, श्रीश भन्डारी, ध्रुव खनाल, नवराज भन्डारी, राधाकृष्ण भन्डारीलगायतले कविता वाचन गर्नु भयो । कार्यक्रममा साधुराम खड्काले नवीनतम् कृति “बाँकी के नै छ र” बाट एक “काठमाण्डौंमा” शीर्षकको कविता पहिलोपटक वाचन गर्नु भएको थियो ।