• २०८२ असार २१ शनिवार

यति धेरै माया दिई

दीपक जंगम

दीपक जंगम

यति धेरै माया दिई, मन भरि दुस्ख नदेउ
बाटो वरपर फुल्ने, पंलास टिपी शिरमा नलाऊ
यति धेरै‘।।

जो भाग्यमा कोरिएका, सुख दुस्ख स्वीकार छन्  २
केहि तिता पल केहि मिठा फल, सबै सबै स्वीकार छन्
यो हातहरु अस्वस्थ छन्, भो सान्त्वना मलाई नदेउ
यति धेरै‘।

यो बाटोमा कति काँडा, कति फूल टिपी हिडें २
कति पराइ आफ्ना देखें, कति आफ्ना पराइ भेटें
यो जिन्दगीको मोडमा, भो सहारा मलाई नदेउ
यति धेरै‘।।


दीपक जंगम