काठमाडौँ/१५ चैत २०७८
साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर- ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको थियो । साहित्यानुरागी वडाध्यक्ष अमर आलेको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार तथा वरिष्ठ नाटककार अशेष मल्ल, विशिष्ट अतिथि साहित्यकार नगेन्द्रराज शर्मा एवं प्रा. डा. सावित्री कक्षपति एवं नगरप्रमुख रामचन्द्र चौधरीको उपस्थितिमा चन्द्रनिगाहपुरमा कार्यक्रमको आयोजन गरियो ।
कार्यक्रमका बीच डा. शालिकराम शर्मा पौडेलको ‘देहात तापेर आयुर्वेद’ नामक संस्मरणात्मक कृतिको विमोचन समेत गरियो । समीक्षक, समालोचक राज पौडेलले विमोचित कृतिमाथि प्रकाश पारेका थिए । डा. पौडेलले वयोबृध्द अवस्थामा समेत आयुर्वेदीय चिकित्साप्रणालीका माध्यमले स्वदेशवासीप्रतिको अगाध जिम्मेवारी र कत्र्तव्य निर्वाह गरिरहेकोले बताए ।
कार्यक्रममा समाज र राष्ट्रप्रति विशेष योगदान दिने व्यक्तित्वहरू चिकित्साक्षेत्रका डा. शालिकराम शर्मा, खेलकुद क्षेत्रका खड्ग आले, नरकुमारी गुरुङ (हवल्दार्नी आमै ) लामो समयदेखि चिया बेचेर प्रसिद्धि कमाएकी तथा स्वरोजगार भएकी साथै पत्रकारितामा सक्रिय खेम बोलखेलाइ सम्मान गरिएको थियो ।
सो अवसरमा रेणुका जिसी, सुमन घिमिरे, असीम सागर, प्रज्वल अधिकारी, अवधेशहरि भट्टराई, सुरज पराजुली, त्रिभुवनचन्द्र वाग्ले लक्ष्मण आचार्य, रुबी सत्याल, हरिकृष्ण काफ्ले, खोलाघरे साहिंलो, जीवन्त बिम्ब, सिर्जना शर्मा, रोशन फुँयाल, कृष्ण, लम्बोदर काँचुली, प्रोल्लास सिन्धुलिया, पवन आलोक आदिले कविता वाचन गरेका थिए