• २०८१ कातिर्क २१ बुधबार

‘मिसर’ पुस्तकको अन्तरक्रिया संगै गुञ्जनको कोठे बैठक सम्पन्न

आज गते साहित्यकार इल्या भट्टराईको “मिसर” पुस्तकबारे अन्तरक्रिया सम्पन्न गरिएको छ । गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा कवि कुन्दन शर्मा तथा कार्यक्रममा “मिसर“बारे साहित्यकारहरू अनिता कोइराला, गीता रेग्मी र प्रभा बरालले अन्तरक्रिया गर्नुभएको थियो ।

त्यसअघि मिसर पुस्तककी लेखक एवं गुञ्जनकी उपाध्यक्ष इल्या भट्टराईले स्वागत एवं “मिसर“ बारे लेखकीय मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहजकर्ता पत्रकार राजकुमार वानियाँले “मिसर“का समीक्षकहरू नन्दु उप्रेती, कृति प्रकाशक अर्चना थापा, लेखक इल्या भट्टराईलाई प्रश्नहरू सोध्नु भएको थियो ।

कार्यक्रममा डा. गीता त्रिपाठी, नियात्रा समाज नेपालका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, भवानी खतिवडा र रिता खत्रीले पनि आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कुन्दन शर्माले आफ्नो मन्तव्य राख्नु भएको थियो ।