• २०८१ चैत ३ सोमबार

शिशिर योगीको ‘बुद्ध जीवन’ सार्वजनिक

काठमाडौँ –

‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन सार्वजनिक भएको छ। गीतको रचना ८० वर्षीय सर्जक केशबराज राजभण्डारीले गरेका हुन् । राजभण्डारी पूर्व मुख्य सचिव-, पूर्व निर्वाचन आयुक्त तथा पूर्व रक्षा सचिवको रुपमा काम गरिसकेका एक वरिष्ठ पूर्व प्रशासक हुन्। भजनसम्बन्धी उनका केही गीत रेकर्ड भएका छन् भने अध्यात्मसम्बन्धी थुप्रै पुस्तक पनि प्रकाशित छन् ।

बुद्ध जयन्तीको अवसरमा ल्याइएको सो गीतलाई संगीतकार राजु सिंहको जादुमय संगीतले जीवन्त तुल्याएको छ भने गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । त्यस्तै गितारमा गोपाल रसाइली र बाँसुरीमा उमेश पण्डित रहेका छन् । भावमा डुबेर बजाउन सक्ने पण्डितको कलाले गीत उत्तिकै बेजोड बनेको छ । सो गीतको छायांकन र दृश्य सम्पादन विरेन्द्र भाट विपीनले गरेका छन् ।

गायक योगीले गीतलाई मीठो स्वर मात्रै दिएका छैनन् उनको अभिनय कौशलले सुनमा सुगन्ध थपेको छ । शिशिर योगी अफिसियल युट्युव च्यानलबाट रिलिज भएको गीतले संसारभरिका मानव कल्याणका लागि बुद्धको सन्देश प्रवाहित गरेको छ । योगीको उक्त युट्युव च्यानलबाट मानिस खोजिरहेछु, कर्णालीपारि, बोल्ने कोही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ’ जस्ता सयौं गीतको रसास्वादन लिन सकिन्छ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकार शिशिर योगीले गीतकार केशवराज राजभण्डारीको बुद्ध जीवन गीतलाई मीठो स्वर दिएका छन् ।