• २०८१ चैत १ शनिवार

साहित्य सङ्गम मकवानपुर कृति सम्मानका लागि उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

काठमाडौँ–

साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले आइतबार विज्ञप्ति जारी गर्दै सम्मानका लागि छानिएका उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको जानकारी दिएका हुन् ।

साहित्य सङ्गमले प्रकाशन गरेको सूचनाअनुसार उत्कृष्ट तीन कृतिमा प्रकाश गुरागाईंको ‘जङ्कसन पिपलबोट (नयाँ सडकको कथा)’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘डोल्पो ओ डोल्पो’ र छवि अनित्यको ‘शिक्षकको भाषा’ रहेका छन् । साहित्य सङ्गमले यी तीन कृति मध्येबाट एउटालाई सर्वोत्कृष्ट घोषणा गरी ‘साहित्य सङ्गम मकवानपुर कृति सम्मान–२०७९’ अर्पण गरिने जनाएको छ ।