समाचार

थाहा भएन हिजो, त्यस्तो के खाएका थियौ ?
अलीकति मात्रै हो र ! बिछट्ट रमाएका थियौ |
देख्लेलाई त लाग्थ्यो कस्तो, बिन्दास मान्छे आहा,
एउटा हातमा कोट, अर्कोमा प्यान्ट समाएका थियौ |
केही बाँकी छ कि सबै, उडाई सकिन् श्रीमतीले ?
खाई नखाई परदेशमा, धेरथोर कमाएका थियौ |
प्रेम-पुजारी, दिवाना, पागल, के के मात्रै भनिएन
बिघ्न खुुसी थियौ, उनलाई आफ्नै बनाएका थियौ |
चिन्छन् होला कि नाइँ, तिम्रा नेताहरुले अहिले,
जसका लागि युद्धमा, बन्दुक थमाएका थियौ
……………………………
(कास्की, हाल- भर्जिनिया,अमेरिका)
[email protected]