चट्टानसँगको युद्द नदीलाई थाहा छ
चट्टान चाहन्छ रोक्न नदीको प्रवाह
तर नदी रोकिन्छ र कहाँ
ठूला ठूला चट्टानहरू अवरोध पुर्याउँछन्
तर नदी हार मान्दैन र रोकिंदैन
चट्टानहरूसँग टकराउँदै
अगाडी बड्न जान्दछ नदी
रोकिन उसले सिकेको छैन
यी चट्टानहरू र भेलबाढीका व्यवधानका बाबजुद
अगाडी बडीरहन्छ अविरल अविरल ।
यस्तो होइन कि उसको जीवनमा
विघ्न आउँदैन
जस्तो
बाढीले उसको निर्मल पानी धमिलो बनाउँछ
रूख बिरुवा, झार पात‘
उसको रूप बिगारी दिन्छन् र
बदनाम गरने प्रयास गर्छन्
तर पनि नदी निरन्तर अगाडी बढिरहन्छ
अंतमा बाधक तत्व सबै हारेर
बिस्तारै बिस्तारै किनारा लाग्छन्
नदी स्वच्छ रूप धारण गरेर
अविरल अविरल
बगीरहन्छ आफ्नो गन्तव्य तिर ।
डिल्लीराम शर्मा संग्रौला