• २०८१ माघ २ बुधबार

कृष्णहरि बरालको गीत ‘मेरो मुटु मेरो प्राण’ सार्वजनिक

काठमाडौं ।

डा. कृष्णहरि बरालको नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो मुटु मेरो प्राण’ बोलको गीत उनले सार्वजनिक गरेका हुन् । गीतमा शब्दरचना बरालको छ भने संगीत एनबी जनकपुरीले गरेका छन् । स्वर डा. आवास लब र शोभा पाण्डेको छ ।

गीतले जनकपुरधामको महिमा प्रस्तुत गरेको छ । स्थानीय परिवेशको चित्रण गर्दै जनकपुरिया हुनुमा गौरव गर्न गीतले प्रेरित गरेको छ ।