रातको अन्धकार हटेर
बिहानीको झुल्के घामसँगै
आशाका किरण बोकेर
एउटा मिठो सपना लिएर
आयो नयाँ वर्ष !
निलो आकास, सेतो बादल
कोइलीको मधुर आवाज
फूलहरूको मगमग वासना
सिरसिरे बतास अनि
वसन्त ऋतुको मनोरम दृश्य
आयो नयाँ वर्ष !
बितेका पल, बितेका वर्ष
तितामिठा अनुभवहरू
सकिएर गए
नयां उमंग, जोश र जाँगर
थपिँदैछ नयाँ हर्ष
आयो फेरि नयाँ वर्ष !!
अप्सरा आचार्य
इमाडोल ।