समाचार

काठमाडौँ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख सुवास केसीको पञ्चेबाजा गीत ‘कल्लाई थाहा छ र ?’ सार्वजनिक भएको छ । केसीको शब्द सिर्जना रहेको गीतमा प्रीति आले र दिल नारायण पाण्डेले स्वर भरेका छन् ।
प्यूठानको ग्रामिण परिवेश र मौलिकतालाई देखाइएको उक्त गीतको भिडियोमा सुवाससहित रजनी गुरुङ, कमल भक्त, नीना बुढाथोकी, गणेश केसी र प्रतीक्षा केसीको अभिनय रहेको छ। भिडियो निर्देशन पनि कमल भक्तले नै गरेका हुन् ।
‘फूल्यो बाबरी’जस्ता गीतबाट दर्शकको राम्रो प्रंशसा पाएका सुवासको यस गीतमा दिल नारायण पाण्डेले संगीत भरेका छन् भने विनोद विरहीले संगीत संयोजन गरेका छन् । गीत प्रीति आले युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।