भरतपुर ।
चितवनका स्रस्टा राजन पौडेलको नयाँ पुस्तक “अनिदो मन” एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रमको आयोजना गरी कृति सार्वजनिक गरएिको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रस्टाका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन् ।
कृतिका बारेमा प्राध्यापक रमेश प्रभात र सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखेका थिए । त्यसैगरी उदय अधिकारी, बालकृष्ण थपलिया र गोवन्दिराज विनोदीले मन्तव्य राखेका थिए । पुस्तकमा २३० वटा मुक्तक छन् । मूल्य ४००/– रुपैयाँ छ ।