• २०८२ माघ २०, मंगलवार

अक्षर समूहले मनायो विश्व कविता दिवस

विश्व कविता दिवस २१ मार्चको अवसर पारेर अक्षर समूह चितवनले बिहीबार गैंडाकोटमा कवितावाचन कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा स्रष्टाहरुले कविता, गीत र मुक्तक सुनाएका थिए । ती सबै रचनाले समसामयिक विषयवस्तु बोकेका थिए ।

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको सहजीकरणमा सम्पन्न कार्यक्रममा समूहका संस्थापक अध्यक्ष भूपिन खड्का, पूर्वअध्यक्ष ईश्वर कँडेल, वरिष्ठ पत्रकार, कवि एवं लेखक रेशम विरही, वरिष्ठ कवि गोविन्दराज विनोदी, पत्रकार एवं लेखक सूर्यप्रकाश कँडेल, शिक्षक एवं कवि गणेश श्रमण, स्रष्टा राजन विफल पौडेल, कवि विद्या भण्डारी चिराग, कवि, लेखक एवं नाटककार गोपी सापकोटालगायतले रचना सुनाएका थिए ।