• २०८० असोज ६ शनिवार

२०७ औँ भानु जन्मजयन्ती विशेष

आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती हो । जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे, त्यसरी नै आदिकवि भानुभक्तले रामायणमार्फत् भाषिक र सांस्कृतिकरूपमा नेपालको एकीकरण गरेको मानिन्छ । त्यसैले उनी आदिकवि हुनुका साथै भाषिक एकीकरणका एक सशक्त सूत्रधार पनि हुन् ।

रामायाणको अनुवाद गरेर मात्र भानुभक्त भानुभक्त भएका होइनन् । खासमा त सामान्य मानिसले पनि बुझ्ने र सहजै उच्चारण गर्नसक्ने सरल भाषामा रामायणको अनुवाद गरेकाले उनी भानुभक्त भएका हुन् । त्यसैले उनको रामायण, प्रकाण्ड विद्वान्देखि सामान्य वर्णमाला छिचोलेका वर्गसम्म अनि उन्नत सहरदेखि दुर्गम गाउँघरसम्म समानरूपले जनबोलीको लोकप्रिय कृति हुनपुगेको हो ।

आज अक्षरङ्गले यिनै आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्तीका अवसरमा उनका बारेमा विशेषरूपमा चर्चा गर्ने जमर्को गरेको छ ।
अतएव आज दिनभरि हामी ‘२०७ औँ भानु जन्मजयन्ती विशेष’ अन्तर्गत आदिकविका बारेका विभिन्न विद्वान्–विदुषीहरूका विशेष सामग्रीहरू प्रकाशित गर्नेछौँ ।


सिक्नुपर्छ

आजको वर्तमान